सम्पादक पौडेल अकोराबको केन्द्रीय समितिमा सर्वसम्मत

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः दमौली न्यूज डट कमका सम्पादक पवन पौडेल सामुदायिक रेडियो प्रसारक संघ अकोराबको केन्द्रीय समिति(सदाचार) सदस्य पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।


आइतबार साँझ सम्पन्न देशैभरका सामुदायिक रेडियो सञ्चालकहरुको छाता संस्थाको आठौं अधिवेशनबाट केन्द्रीय नेतृत्वमा पौडेल सर्वसम्मत निर्वाचित भएका हुन् । दमौली एफएमका निवर्तमान कोषाध्यक्ष तथा शेयर सदस्य पौडेलले स्टेशनको कार्यकारी प्रमुखका रुपमा काम गरिसकेका छन् ।


उनकै पालामा रेडियोले आफ्नो नाममा भवन निर्माणका लागि जग्गासमेत खरिद गरेको थियो ।
यसअघि समितिको कोषाध्यक्षमा निर्वाचित पौडेल सामुदायिक रेडियो अभियानमा लामो समयदेखि सक्रिय छन् ।


यसैगरी, मादीसेती एफएमका स्टेशन म्यानेजर ओमकार आचार्य संघको प्रदेश अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी