गण्डकी प्रदेश सभाको बैठक २६ गते वस्ने

दमौली न्युज
  • ख-
  • ख+

पोखरा : बजेट पारित भएपछि स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गते बस्ने भएको छ । असार १७ गते स्थगित भएको बैठक २६ गतेका लागि बोलाइएको संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारका कारण संसदको काम पनि प्रभावित भएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद बिस्तार गरेसँगै संसद बोलाउने निर्णय गरेका हुन् ।

संसदमा अहिले ३ वटा विधेयक छलफलका लागि छन् । बिजनाषक विषादी व्यवस्थापन सम्बन्धनमा बनेको विधेयक संसदमा सामान्य छलफलपछि थप छलफलका लागि संसदीय समितिमा पठाइएको छ । प्राइभेट फर्म सम्बन्धी अर्को विधेयक पनि संसदमा छ ।

साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सरकारले संसद सचिवालयमा दर्ता गराएको छ । गण्डकी प्रदेश सभामा रहेका संसदीय समिति पनि अहिले निस्क्रिय बनेका छन् । सरकार फेरबदलको प्रभाव समितिमा पनि परेको हो ।

४ समितिमध्ये सामाजिक विकास तथा कृषि समितिको सभापति नेपाल समाजवादी पार्टीका सांसद फाणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री भएपछि नयाँ चयन हुन सकेको छैन । यसैगरी प्रतिपक्षलाई दिने संसदीय परम्परा रहको सार्वजनिक लेखा समितिमा एमाले सांसद सुधीरकुमार पौडेल सभापति छन् ।

अहिले एमाले सरकारमा भएपछि त्यो माओवादीलाई दिनुपर्ने सांसदहरुको भनाइ छ । अर्थ तथा विकास समिति र प्रदेश मामिला तथा कानून समितिमा कांग्रेसका सभापति छन् । अनलाईन खवर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्