लगानी बोर्डको सीईओ दौडमा तनहुँका काफ्ले

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको संक्षिप्त सूचीमा परेका छन् ।


बोर्डको कार्यकारी पदका लागि माग गरिएका आवेदनबाट पाँच जना छनौटमा परेकामा काफ्ले पनि परेका हुन् ।
व्यास ५ निवासी काफ्ले वैदेशिक रोजगार बोर्डका तत्कालीन कार्यकारी निर्देशक समेत रहिसकेका छन् ।
अर्थशास्त्रमा पिएचडी गरेका काफ्लेले विगतमा प्राध्यापनका अतिरिक्त विभिन्न विकासे निकायमा रहेर समेत काम गरिसकेका छन् ।


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको कार्यकालमा प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष रहेर काम गरेका काफ्लेको अर्थ तथा वित्तिय क्षेत्रसम्बन्धी गहिरो ज्ञान छ ।


मन्त्रिपरिषदबाट पाँचमध्ये एक जनाको नाम नियुक्त हुने बताइन्छ । काफ्लेले देशमा लगानी भित्र्याउनका लागि आवश्यक रणनीतिसहितको विस्तृत योजना बोर्डको छनौट समितिसमक्ष प्रस्तुत गरेका छन् ।


विगतमा कांग्रेस नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी निभाएका तथा त्यसअघि स्वतन्त्र प्रतिष्पर्धाहरुमा अब्बल ठहरिंदै आएका काफ्ले विशेष आर्थिक क्षेत्रको कार्यकारी प्रतिष्पर्धामा समेत संक्षिप्त सूचीमा छनौटमा परेका थिए ।

विगतमा विशेष आर्थिक क्षेत्रमा अन्तिम छनोटमा १ नम्बरमा सिफारिसमा परे पनि तत्कालीन सरकारले निर्णय नै नगरेर फाइल त्यत्तिकै राखेको थियो ।


लगानी बोर्डको नेतृत्वका लागि छनौटमा परेकामध्ये काफ्ले विषयगत हिसाबले बोर्डको कार्यप्रणालीसँग बढि नजिक मानिन्छन् । यसअघि पुननिर्माण प्राधिकरणका कार्यकारी सुशील ज्ञवाली ईञ्जिनियरिंग पृष्ठभूमिका हुन् । यस हिसाबले काफ्लेको विगतको विकास र अर्थतन्त्रका क्षेत्रमा काम गरेको अनुभव बोर्डका लागि उपयोगी हुने ठानिएको छ ।

योजना निर्माणमा विशेष अनुभव भएका काफ्लेको योजना छनौट तथा विकासमा पनि अनुभव छ । यसैगरी, अर्थशास्त्री भएका कारण प्रमुख कार्यकारी भएमा बोर्डको मुख्य उद्देश्य प्रत्यक्ष वैदेशिक लगानी भित्रउन उनले भूमिका खेल्न सक्ने ठानिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी