बोलेरो जीप दुर्घटना हुँदा ७ यात्रु घाइते

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको ऋषिङ गाउँपालीका वडा नं १ झापुटार नजिक बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ७ यात्रु घाइते भएका छन् ।

बा १३ च २४५६ नम्बरको बोलेरो जीप जिप्लिएर अनियन्त्रित हुँदा नालिमा खसि दुर्घटना भएको थियो । घाइतेहरुको दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ऋषिङ १ काहुँशिवपुर निवासी ३३ बर्षका पदमबहादुर राना,माधव अच्छामी,जानुमाया थापा,रेजिना थापा,जुनिसरा थापा,बालकुमारी थापा र सरीता थापा घाइते भएका हुन् । घाइते सबै खतरामुक्त रहेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी