पृथ्वी राजमार्ग अवरोधः घाँसीकुवामा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको अनुरोध, यस्तो छ विकल्प

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः घाँसीकुवास्थित पृथ्वी राजमार्गमा बुधबार पहिरो खसेर सडक पूर्ण अवरुद्ध बने पछि तनहुँ प्रहरीले यात्रीहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।


जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले एक सूचना जारी गर्दै अवरुद्ध सडक खुलाउने प्रयास भैरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका हुन् ।


प्रहरीले साना तथा मझौला सवारीलाई दमौली हुँदै घाँसीकुवा मार्गको तालघरे, दरै पँधेरा भएर घाँसीकुवा जान सुझाव दिएको छ । यसैगरी घाँसीकुवाबाट दमौली जान घाँसीकुवा पोल्यांग हुँदै तालघरे निस्कने मार्ग प्रहरीले सुझाएको छ ।


यस्तै ठूला सवारीलाई डुम्रे बेसीसहर सडक हुँदै पोखरा जाने मार्ग उपयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी