दमौली : व्यास नगरपालिकामा लामखुट्टे “खोजौं र नष्ट गरौं” अभियान सहित डेङ्गो सम्बन्धि सचेतना कार्यक्रम गरीएको छ।
व्यास नगरपालिका र स्वास्थ्य तथा जनसंख्या शाखाले वडा भित्र लामखुट्टे र लार्भा “खोज र नष्ट गर” अभियान अन्र्तगत सरसफाई कार्यलाई तीब्रता दिइएको हो ।

जनप्रतिनिधी र स्वास्थ्य स्वयसेविका लगायतका टोलीले देउरालीनगर विसघरेको, देउराली नगर टोल,पुल्चोक टोल र बुद्धपार्क टोलका बासिन्दाहरुलाई एकै ठाउँमा भेला गराई डेङ्गो बाट जोगिनका लागि सचेतना जगाउने कार्य गरीएको वडा सदस्य दधिराज घिमिरेले बताए ।
उनका अनुसार उक्त सचेतना कार्यक्रममा टोल अध्यक्ष, टोलवासी,आमा समूहका प्रतिनिधी लगायतको सक्रिय सहभागिता रहेको थियो ।
व्यास नगरपालिकाको सक्रियतामा डेङ्गो रोग नियन्त्रण तथा रोकथामका लागि सचेतना र सतर्कता अपनाउन टोलबासीलाई अनुरोध गरिएको थियो।

















