पृथ्वी राजमार्ग पहिरोः घाँसीकुवामा सडक दुवैतर्फ अवरुद्ध,अन्त पनि यात्रामा कठिनाइ

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः अविरल वर्षाका कारण तनहुँस्थित पृथ्वी राजमार्गका विभिन्न खण्डमा यातायात सञ्चालनमा कठिनाइ आएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका वडा नं। १२ घाँसी कुवा स्थित पृथ्वी राजमार्ग सडक खण्डमा हिलो सहीतको पहिरो खस्दा राजमार्गमा यातायात अवरुद्ध छ ।


हिलोका कारण यातायात दुवैतर्फ अवरुद्ध भएकाले हटाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

विस्तार भैरहेको पृथ्वी राजमार्गअन्र्तगतका विभिन्न खण्डमा हिलो तथा पानीका कारण यातायात सञ्चालनमा कठिनाइ देखिएको प्रहरीको भनाइ छ ।


मौसम पूर्वनुमान महाशाखाले शुक्रबार गण्डकी प्रदेश तथा आसपासमा बढी वर्षा हुने अनुमान गरेका कारण राजमार्ग र अन्य सहायक सडकको यात्रा कष्टकर हुने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्