वैकिङ कसुरमा हिमाल इन्जीनियरीङका संचालक रमेश पौडेल सहितको समुह सक्रिय

दमौली न्युज
  • ख-
  • ख+

पोखरा म.न.पा वडा नंं ८ स्थीत हिमाल इन्जीनियरीङका संचालक, कास्की जिल्ला अन्नपुर्ण गा.पा. वडा नं. ३ बस्ने रमेश पौडेल लगायतको एक समुह सक्रिय रुपमा वैकिङ कसुर मा लागेको पाईएको छ । उक्त समुहका नाईके निज रमेश पौडेलले कमसल जग्गा धितो राखी पोखराको सिटी वचत तथा ऋण सहकारी संस्था लगायत दर्जनौ वैंक वित्तिय संस्थावाट कर्जा उपभोग गरी भुक्तानी नगरेको पाईएको छ । साथै उक्त समुहले एउटै जग्गा विक्री गर्ने भनि विभिन्न व्यक्तिहरु संग वैना रकम बुझिलिने अनि सम्पर्कमा नआउने गरेको पाईएको छ । निज हिमाल इन्जीनियरीङका संचालक रमेश पौडेल विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा विभिन्न मितिमा उजुरी समेत परेको तर हाल सम्म कुनै कारवाही भएको पाईएको छैन। उता एक विशेष सुत्रका अनुसार निज रमेश पौडेल सिटी वचत तथा ऋण सहकारी संस्था लगायत दर्जनौ वैंक वित्तिय संस्थाको रकम अपचलन गरी विदेशिने दाउमा छन् । निज विरुद्ध जिल्ला अदालत कास्कीमा समेत विभिन्न कसुर अन्तर्गत मुद्धा चलिरहेको छ । हालै मात्र यस समुहले तनहँु जिल्ला व्यास न.पा स्थीत एक जग्गा देखाई अर्कै जग्गा पास गरीदिएको घटना वाहिरीए सगैं यस समुहको गैरकानुनी धन्दा वाहिरीएको हो । यस समुहमा स्याङजा जिल्ला पुतलिवजार न.पा ५ वस्ने विन्दु पौडेलको समेत संलग्नता रहेको पाईएको छ । उनी स्याङजा जिल्ला पुतलिवजार न.पा का मेयर तुलसीराम रेग्मीकी पुत्री हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी