गण्डकी कोरोना अपडेट: तनहुँमा २ संक्रमित थपिए, १ को मृत्यु

  • ख-
  • ख+

दमौली: कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एक जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दुई दिन अघि भर्ना भएकी स्याङ्गजा भीरकोट २ निवासी ५२ वर्षीया महिलाको ज्यान गएको हो ।

यता, तनहुँमा दुई जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा देवघाट ५ का २७ वर्षका पुरुष संक्रमित भेटिएका छन् । संक्रमित मा आँबु ६ का ४० वर्षका पुरुष पनि छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्