तनहुँ बाढी पहिरोः कल्भट बगाउँदा अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने तयारी

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः अविरल वर्षाका कारण कल्भट बगाउँदा शनिबार बिहानदेखि पृथ्वी राजमार्गको थर्पु शेरा खण्ड अवरुद्ध छ ।


म्याग्दे गाउँपालिका ६ मौरीबजार र शुक्लागणडकी नगरपालिका ७ सेरा जोड्ने पृथ्वी राजमार्ग सडक खण्डको कल्भट फेदीखोलाले बगाएकोले अवरुद्ध सडक खुलाउनको लागी आवश्यक पहल भईरहेको प्रहरीले जनाएको छ ।


राजमार्गका विभिन्न खण्डमा समेत सडकमा माटो र हिलो जमेकाले यातायातमा अवरोध देखिएको छ ।
राजमार्ग विस्तारमा संलग्न कम्पनीका अतिरिक्त थप व्यवस्थापन गरेर सडक खुलाउन प्रयास भैरहेको तनहुँ प्रशासनले जनाएको छ ।


राजमार्ग विस्तारमा संलग्न कम्पनीका अतिरिक्त थप व्यवस्थापन गरेर सडक खुलाउन प्रयास भैरहेको तनहुँ प्रशासनले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी