दुलेगौंडाः पहिरोमा परेर बेपत्ता भएका शुक्लागण्डकी(७ काउरेका तीन जनामध्ये एक जना मृत भेटिएका छन् ।
स्थानीय हिरा नेपालीको शव पुरिएको अवस्थामा भेटिएको उद्धारमा संल्ग्न प्रहरीले जनाएको छ ।
प्रहरी र नेपाली सेनासमेतको सक्रियतामा पहिरोबाट स्थानीय ४० वर्षका बिष्णुबहादुर नेपाली, २६ वर्षका विशाल तिम्लसिना, ३५ वर्षका रवि घिमिरे ।
१८ वर्षका रुपकुमार नेपाली र १५ वर्षका विमल नेपालीलाई उद्धार गरेर जीपी कोईराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बेलचौतारामा उपचारार्थ भर्ना गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
अझै दुई जना बेपत्ता भएकामा उनीहरुको दिनभर खोजी प्रयास भैरहे पनि बाँकी भेटिन सकेका छैनन् ।
नेपाल प्रहरीको विशेष सुरक्षा गणका प्रहरी बेपत्ताको खोजीका लागि सक्रिय रहेको एसपी केदार खनालले जानकारी दिए ।