व्यासका संक्रमितमा माछापुछ्रे बैंकका ४ जना, अझै रिपोर्ट आउन बाँकी

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकामा संक्रमित भेटिएकामा माछापुछ्रे बैंकका चार जना कर्मचारी पनि भएको खुलेको छ । यस अघि बैंकका एक जना कर्मचारीमा संक्रमण भेटिए पछि उनको सम्पर्कमा आएका अरुको पनि पीसीआर परीक्षण गरिएको थियो ।


परीक्षणको नतिजामा चार जना कर्मचारी पोजिटिभ देखिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । तर उनीहरु एक साता देखि नै बैंकमा नआएको उनले बताए । ‘एक सातादेखि नआएका कर्मचारीमा संक्रमण देखिएको हो,’ उनले भने,‘यसबीचमा बैंकले डिस्इन्फेक्ट पनि गरेकाले बन्द गर्नु नपर्ने देखियो । ’


नगरपालिकाका अन्य संक्रमितमा अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेका र ज्वरो आएर सेल्फ आइसोलेसनमा बसेका व्यक्ति रहेको सोतीले बताए ।


प्रहरी र थप थुनुवाको रिपोर्ट आउन बाँकी
व्यास नगरपालिकाबाट पठाइएको मध्ये अझै केही रिपोर्ट आउन बाँकी छ । तिनमा केही दिन अघि प्रहरी कार्यालयमा भेटिएका तीन थुनुवाका सम्पर्कमा आएका व्यक्ति र प्रहरी पनि छन् । यसैगरी पहिले संक्रमित देखिएकाहरुको दुई दिन अघि गरिएको परीक्षणको रिपोर्ट पनि आउन बाँकी रहेको सोतीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्