व्यास नगरपालिकाले भन्योः कार्तिक १५ सम्म विद्यालय बन्द गर्नु (विस्तृतमा )

  • ख-
  • ख+

दमौली : व्यास नगरपालिकाले नगर क्षेत्रका दमौली बजार र वरपर संक्रमण थप भयावह हुने अवस्था आएको भन्दै संक्रमणको अवस्था हेरेर कार्तिक १५ सम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेले जारी गरेको विज्ञप्तिमा यसका लागि विद्यालय व्यवस्थापन समितिमार्फत निर्णय लिन भनिएको छ ।


नगरपालिकाले जारी गरेको विज्ञप्तिमा घरबाट अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र अनुरोध गरिएको छ ।
विज्ञप्तिमा संक्रमित भएका व्यक्तिहरुलाई घरमा होम आईसोलेसनको व्यवस्था नभएमा अस्पतालमा बस्न र नेगेटिभ रिपोर्ट नआउँदासम्म स्वास्थ्यकर्मी वा सुरक्षाकर्मीलाई कुनै पनि प्रभाव वा दबाब नदिइकन बाहिर ननिस्कन आग्रह गरिएको छ ।


नगरपालिकाले ठूला चाडवाडको अवस्था रहेको हुँदा परम्परागत मानिसहरु भेला भई पूजा, बली, प्रार्थना, भोजभेतर गर्ने अवस्थाबाट संक्रमण विस्तारित हुने भन्दै त्यस्ता कुनै कार्यक्रमहरु नगर्नु अनुरोध पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्