
दमौली : तनहुँको व्यास नगर पालिका१ अम्रेनीमा हिजो सोमवार भएको दुर्घटनाबाट मृत्यु भएका प्रविण कैनीका आफन्तले अवरुद्ध गरेको पृथ्वीराजमार्ग प्रहरीले खुलाएको छ।
आज दिउसो करिव १२:३० देखि अबरुद्ध भएको सडक सांझ ६ बजे खुलेको हो ।सहमति कार्यान्वयन नभएको भन्दै पीडित पक्ष आज पनि आन्दोलनमा उत्रिएका थिए ।जिल्ला प्रशासन कार्यालयमा बसेको दुई पक्षीय वार्ता निष्कर्ष विहिन भए पछी प्रहरीले सांझ वल प्रयोग गरी राजमार्ग खुलाएको थियो ।
चाइनिज कम्पनीको पानी हाल्ने ट्यान्करले ब्याक गरेर मोटरसाइकललाईठक्कर दिदा ईन्जिनियर कैनीको निधन भएको थियो ।