पोर्चुगलमा आदिवासी महासंघ कपः नेफएमले मनमैजु क्लबलाई ४—०ले हरायो

दमौली न्युज
  • ख-
  • ख+

लिस्बन : नेपाल आदिवासी महासंघ पोर्चुगल फुटबल कपको उपाधि नेफएम बुटबल क्बले जितेको छ ।

बुद्धजयन्तीको अवसर पारेर पोर्चुगलको लिस्बनमा भएको खेलमा मनमैजु फुटबल क्लबलाई हराउँदै नेफएम बुटबल क्लबले उपाधी जितेको हो । ओलाइसको भिक्टोरिया फुटबल ग्राउण्डमा २० वटा नेपाली फुटबल क्लब सहभागी भएका थिए । फाइनल खेलमा ४—० ले हराउँदै उपाधि जितेको थियो ।


नेएफएमले उपाधिसँगै ट्रफी मेडल र ३ हजार यूरो करिब साढे ४ लाख नेपाली रुपैयाँ राशी पनि हात पारेको थियो । उपविजेता भएको मनमैजु क्लबले टफी, मेडल र १ हजार ५ सय यूरो करिब सवा २ लाख नेपाली रुपैयाँ हात पारेको थियो ।


महासंघले आगामी वर्ष पनि बुद्धजयन्तीको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ । ‘यो पहिलो प्रतियोगिता हो, बुद्धजयन्तीको अवसर पारेर हामी हरेक निरन्तरता दिने सोचमा छौं’ अध्यक्ष कुमार मगरले भने ।


नेपालीहरुलाई विदेशमा एकताबद्ध गर्नका लागि फुटबल खेलको आयोजना गरिएको महासंघको भनाइ छ । यस्ता खेलले नेपालीहरुलाई विदेशमा पनि हौसला प्रदान गर्ने एनआरएन अध्यक्ष उमेश खड्काले बताए ।


‘यस्ता खेलले नेपालीहरुलाई एकताबद्ध गर्न मद्दत गर्न यस्ता खेलहरु आगामी दिनमा पनि सञ्चालन हुनुपर्छ,’ अध्यक्ष खड्काले भने । उनले नेपालीहरुलाई जोड्नका लागि यस्तो प्रतियोगिताहरु धेरै हुनुपर्नेमा जोड दिए ।


पोर्चुगलमा पछिल्लो समयमा नेपाली सहभागी फुटबल क्लबहरु बढिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्