
भिमाद : संचारकर्मी एवम् ब्यवसायी शालिकराम गहतराजले भिमाद नगरपालिका वडा नं ७ मा रहेको श्री जय नेपाल आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । सोहि विद्यालयमा अध्ययनरत ८१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका विच स्व.कृष्ण मायाँ विकको स्मृतिको अवसर पारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई २५ हजार बराबरको कपि,कलम लगायत अन्य स्टेशनरी सामाग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बुद्दी बहादुर भुजेलले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहयोगी मनका धनी गहतराजले स्वा. आमालाई सम्झीदै भने म १२ बर्षको हुदाँ मैले आमालाई गुमाए, जति बेला मलाई मेरी आमाको काखको त्यो न्यानो स्पर्श चाहिएको थियो । नौ महिना पेटमा बोकेर दशधारा दुध खुवाएर आफुले खाई नखाई हुर्काउनु भयो उहाँकै (स्वा. आमाको) आर्शिबादले आज हजुरहरु सामु एक सफल व्यवसायी भनि चिनिन पाएको छु । उनले भने आज बुढेसकालको सहारा बनी आमाको आशु पुछ्ने बेलामा आमा नै साथमा नहुदाँ साच्चै आफुले कमाएको कमाई व्यर्थ लाग्ने बताए ।
स्वा. आमा कृष्ण माया स्मृति प्रतिष्ठान स्थापनाको अवसरमा बार्षिक रूपमा सहयोग गर्ने पनि उनले बताए । लामो समय देखि सामाजिक क्षेत्रमा सक्रिय गहतराजले पछिल्लो समय बिभिन्न संघ सस्था दुःखि पिडित लगाएतलाई सहयोग गर्दै आएका छन् र हाल आफू पढेको विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न परिवारका विद्यार्थीहरुलाई पठनपाठन गर्न सहज होस भनि सहयोग गरेको उनको भनाई थियो ।
हामीले जिन्दगीमा जतिसुकै धन आर्जन गरौं यदि त्यो धन सामाजिक कार्यमा खर्चिएनौ भने त्यसले सार्थकता पाउन नसक्ने उनको जिकिर थियो । गहतराजले पछिल्लो समय सामुदायीक विद्यालयमा विद्यार्थीहरूको संख्यामा गिरावट आएकाले यसलाई सन्तुलन गर्नका लागि शिक्षक,अभिभावक र सरोकारवाला निकाय जिम्मेवार हुनु पर्ने बताउदै
भूपू विद्यार्थीहरुलाई आफ्नो ठाउँबाट सहयोग गरी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि मद्दत गर्न आग्रह गरे ।
त्यस्तै विव्यसका अध्यक्ष नवराज सुवेदीले सहयोग सामाग्रीले नै यस विद्यालयमा अध्ययन गरिव, विपन्न र दलित विद्यार्थीहरुलाई ठूलो राहत भएको बताएका थिए ।