नेपालमा नयाँ संक्रमित ३५५६

  • ख-
  • ख+

काठमाडौंमा उपत्यकामा थप २१२९

काठमाडौं: नेपालमा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३५५६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। संक्रमितमध्ये ७८ हजार ७८० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६६३ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १५०३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।


काठमाडौंमा उपत्यकामा थप २१२९

काठमाडौंमा उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

उनका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्