
पोखराः गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रदेशमा हालसम्म पाँच हजार पाँच संक्रमित पुगेका छन् ।
मंगलबार विहान प्रदेशमा कुल ३४ जनामा संक्रमण भेटिएको छ । उनीहरुमध्ये पोखरा महानगरपालिकाका सर्वाधिक १८ जना छन् । यसबाहेक स्याङजाका १४ र लमजुङका तीन छन् ।
गण्डकी मेडिकल कलेजमा उपचारका लागि गएका पाँच, मणिपालका १ र चरकका १ बाहेक सबै कन्ट्याक्ट ट्रेसिङमा परेको निर्देशनालयले जनाएको छ ।