शैक्षिक प्रयोगशाला भवनको नगरप्रमुख बैकुण्ठ न्यौपानेले गरे शिलान्यास

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयको शैक्षिक प्रयोगशाला भवन बन्ने भएको छ । शुक्रबार एक कार्यक्रमका विच भवनको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले शिलान्यास गर्दै नगरप्रमुख न्यौपानेले पछिल्लो समय व्यवहारिक शिक्षातर्फ विद्यार्थीको आर्कषण बढ्दै गएको बताए ।

शिक्षा विकास तथा समन्वय इकाई तनहुँको रु.दुई करोड ५६ लाख ७४ हजार १२२ आर्थिक सहयोगमा भवन निर्माण गर्न लागेको हो । विगत चार बर्ष देखि डिप्लोमा इन सिभिल इन्जिनियरीङ बिषयको पढाई संचालन गर्दै आएकोले विद्यार्थीका लागि छुट्टै प्रयोगशालाको आवश्यक पर्ने देखिएको विद्यालयका सहायक प्रधानाध्यापक शिवलाल पन्थले जानकारी दिए ।

भवनको अधिकारी कन्स्ट्रक्सन प्रा.लि.ले निर्माणको ठेक्का पाएको छ । विसं २०८१ असार २३ भित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको छ । ३१ मिटर लम्बाई र चौडाई १२ मिटर क्षेत्रफलमा प्रयोगशाला भवन निर्माण गर्न लागिएको हो,उनले भने, ‘भवन निर्माण पश्चात विद्यार्थीलाई प्राक्टिकल गराउन सहज हुनेछ ।’

विद्यालयको छुट्टै प्रयोगशाला भवन नहुँदा विद्यार्थीले कठिनाई भोग्नुपरेको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए । प्रयोगशाला भवनको अभावमा विद्यालयस्तरको कम्युटर र साइन्स बिषयको प्रयोगशाला एउटै कोठाबाट चलाउदै आएको पनि उनले जानकारी दिए ।

भवनको अधिकारी कन्स्ट्रक्सन प्रा.लि.ले निर्माणको ठेक्का पाएको छ । विसं २०८१ असार २३ भित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको छ । ३१ मिटर लम्बाई र चौडाई १२ मिटर क्षेत्रफलमा प्रयोगशाला भवन निर्माण गर्न लागिएको हो,उनले भने, ‘भवन निर्माण पश्चात विद्यार्थीलाई प्राक्टिकल गराउन सहज हुनेछ ।’

उक्त विद्यालयमा हाल प्राविधिक तर्फ सहित १ हजार बढी विद्यार्थी अध्ययनरत छन् । ४ जना इन्जिनियर शिक्षक सहित ४६ जना शिक्षक शिक्षिका कार्यरत छन् । उक्त विद्यालयले बिहान र दिउँसो गरी २ सिफ्टमा अध्यापन गराउँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी