दमौली : नेपाल सुनचाँदी व्यवसायी महासंघको स्थापन दिवसको अवसर पारी व्यास १० मा रहेको उज्यालो घरका विद्यार्थीहरुलाई स्कुल व्याग हस्तान्तरण गरिएको छ ।
तनहुँ सुनचाँदी व्यवसायी संघको आयोजनामा आज व्यास १० बैरेनीमा रहेको उज्यालो घरका विद्यार्थीहरूलाई स्कुल ब्याग हस्तान्तरण गरिएको हो ।
उज्यालो घरमा रहेका विद्यार्थीहरूलाई स्कूल ब्याग वितरण गरी नेपाल सुनचाँदी व्यवसायी महासंघको ११ औं स्थापन दिवस मनाईएको तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष विनोद कुमार वि.क.ले जानकारी दिए ।