गिरानचौरमा जन्ती बोकेको बोलेरो पल्टँदा २ को ज्यान गयो, १६ घाइते

दमौली न्युज
  • ख-
  • ख+

आबुँखैरेनी: आबुँखैरेनी गाउँपालिका १ गिराउनचौरमा गएराती जिप पल्टँदा दुई जनाको ज्यान गएको छ । घटनामा परी १६ जना घाइते छन् ।


मिर्लुङबाट छापस्वारा तर्फ जन्ती लिई जाँदै गरेको बा १८ च ५९२१ नं.को बोलेरो जिप अनिन्त्रित भई सडकदेखी अं.५०० मिटर तल खस्न गई दुर्घटना हुँदा बोलेरो जिपमा सवार यात्रुहरु मध्ये ७१ वर्षका आसबिर गुरुङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


व्यास ९ गजौंडेनिवासी १७ वर्षिया तुलसी गुरुङको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।


घाइतेमध्ये अधिकांश आँबुखैरेनी र केही बन्दीपुरका छन् । छ जनाको अाँबुखैरेनी र १० जनाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

File Photo

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी