
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बन्दीपुरको पर्यटकीय विकासबारे चासो राखेका छन् ।
तनहुँको पुरानो सदरमुकाम बन्दीपुर क्षेत्र पर्यटकीय रुपमा विकास भैरहेको छ । यसको विकास प्रक्रियाका बारेमा चासो राखेका राष्ट्रपतिले यसअघि गाउँपालिका अध्यक्ष सुरेन्द्र थापासँगको भेटमासमेत यसबारे चासो लिएका थिए ।
हालै नेपाली कांग्रेसका नेता रेशम गुरुङको नेतुत्वमा गएका बुद्धिजिवीहरुले यसबारे राष्ट्रपतिसँग छलफल गरेका छन् ।
बन्दिपुर सामाजिक विकास समितिका अध्यक्ष भोला श्रेष्ठ, शिक्षाविद् चिजकुमार श्रेष्ठ, चिकित्सक डा. मदन पिया भेटमा सहभागी लगायतले समग्र बन्दीपुरको विकासका लागि समिति र नागरिक समाजका तर्फबाट भैरहेको प्रयासबारे जानकारी गराएका थिए ।
राष्ट्रपति पौडेलले गाउँमै बसौं बसौं बनाउने आफ्नो सपना रहेको स्मरण गर्दै बन्दीपुर क्षेत्रमा पर्यटकीय लाभ लिनका लागि पुरातात्विक धरोहरहरुको संरक्षणसँगै बन्दीपुर रिङरोड, मुचुक, रामकोट हुँदै छाब्दिबाराही जाने बाटो लाइ सुधार गर्नु पर्ने बताए ।
उनले नागरिक समाजका तर्फबाट बन्दीपुरको विकासमा रचनात्मक सक्रियताका लागि सुझाव दिंदै आफ्नो सदैव सुभेच्छा रहेको बताए ।