अब कालिका मार्गमा पनि एकतर्फी पार्किङ

  • ख-
  • ख+

दमौलीः बजारका विभिन्न भागमा एकतर्फी पार्किङ व्यवस्थापन गर्दै आइरहेको ट्राफिक प्रहरीले कालिका मार्गमा पनि एकतर्फी पार्किङ व्यवस्था गरेको छ ।

सोमबार कालिका मार्गमा नो पार्किङको बोर्ड राखेर एकतर्फी पार्किङको शुरुवात गरियो । ट्राफिक प्रमुख रेशम रानाभाट, वडाध्यक्ष काशिराम श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, कोषाध्यक्ष महेन्द्रकुमार श्रेष्ठसहित टोलवासी अग्रज व्यवसायीको उपस्थितीमा एकतर्फी पार्किङको शुरुवात गरिएको हो ।

साँघुरो सडक भएका कारण कालिका मार्गमा पार्किङ गर्न निकै कठिन हुने गरेको छ । सडकमा पार्किङ व्यवस्थापन नहुँदा आवतजावतमा पनि समस्या आउने गरेको छ ।

दमौली बजारलाई पार्किङमा व्यवस्थित बनाउने घोषणा गरेको ट्राफिक प्रहरीलाई उद्योग वाणिज्य संघले बजारका विभिन्न भागमा राख्नका लागि पार्किङ संकेत अंकित बोर्ड केही दिन अघि हस्तान्तरण गरेको थियो ।

क्रमैसँग अन्य भागमा पनि एकतर्फी पार्किङ विस्तार गरिने ट्राफिक प्रमुख रानाभाटले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी