समुदायमा कांग्रेस अभियानः गण्डकीको जिम्मा प्रदीप र महेन्द्रलाई

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसले समुदायमा कांग्रेस कार्यक्रमका लागि गण्डकी प्रदेशको जिम्मा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र महेन्द्र यादवलाई दिएको छ ।


केन्द्रीय सदस्य पौडेलले कास्कीसँगै स्याङ्जा, म्याग्दी र बागलुङ जिल्लामा अभियानको नेतृत्व गर्नेछन् ।
यसैगरी, प्रदेशका तनहुँसहित लमजुङ, गोर्खा, पर्वत र नवलपुरमा भने अर्का केन्द्रीय सदस्य यादवले जिम्मेवारी पाएका छन् ।

पार्टी केन्द्रले यसअघि नै हरेक जिल्लाका लागि टोली खटाएको छ । हाल जिम्मेवारी पाएका नेताहरुले भने अभियानलाई थप प्रभावकारी बनाउँदै फरक फरक जिल्लामा फरक समुदायको बीचमा पुग्न र संवाद गर्न भूमिका खेल्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने पनि उनले बताए । कांग्रेसले यसअघि नै समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । महामन्त्री गगन थापाले झापामा नागरिकसँग सम्वादको यात्रा थालिसकेका छन् ।

कांग्रेस केन्द्रले नागरिकसँगको सम्वादका लागि खटाएका केन्द्रीय नेताहरु ।

कोशी प्रदेश
१) डा शेखर कोइराला – झापा र सुनसरी l
२) डा नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा l
३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर l

मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला
१) प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा l वागमतीको

   सिन्धुली र मकवानपुर l
२) महालक्ष्मी उपाध्याय ‘डिना’  – बारा, पर्सा, रौतहट र सर्लाही l वागमतीको धादिङ र

   चितवन l


वागमती प्रदेश
१) डा मिनेन्द्र रिजाल- काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा l
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा l

गण्डकी प्रदेश
१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर l
२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ l


लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा l
२) डा डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी l

कर्णाली प्रदेश
१) डा शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत l

सुदुरपश्चिम् प्रदेश
१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र

   कंचनपुर l

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी