
दमौलीः वैकल्पिक व्यवस्थाका लागि भन्दै व्यास नगरपालिकाले फोहोर संकलन रोकेका समयमा व्यवस्थापनमा सक्रिय दमौलीका युवा सुदिप गफारलाई लायन्स डिष्ट्रिक्ट ३२५ बी नेपालले सम्मान गरेको छ ।
लियो कलब अफ ३२५ बी नेपालको दोस्रो जिल्ला बेठकका क्रममा लियो क्लब अफ तनहुँका पूर्व अध्यक्षसमेत रहेका उनलाई सम्मान गरिएको हो ।
एक साता बढीसम्म सडकमा फालिएका फोहोरलाई प्लाष्टिकमा व्यवस्थापन गरेका उनलाई लायन्स अध्यक्ष परमेश्वर बराल तथा लियो डिष्ट्रिक्ट अध्यक्ष सन्तोष ढकालले सम्मान गरेका हुन् ।
आफ्नो कामको मूल्यांकन भएको भन्दै गफारले खुशी प्रकट गरे । हाल व्यास नगरपालिकाले फोहोर संकलनलाई निरन्तरता दिइसकेको छ ।