पोखरामा चोरी गरेर भागेका पूर्णबहादुर ४ वर्षपछि पक्राउ

  • ख-
  • ख+

दमौलीः चार वर्ष अघि पोखरा बरौटामा चोरी गरेर १२ लाख ४ हजार सजाय फैसला भएका म्याग्दे ७ का पूर्णबहादुर विक पक्राउ परेका छन् ।


२०७३ कार्तिक १० गते दशैंका बेला धनमाल चोरी गरेका उनलाई कास्की जिल्ला अदालतको मिति २०७४ जेठ २८ गतेको फैसलाले १२ लाख चार हजार ७७ रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।

तर त्यसयता उनी फरार रहेकाले आईतबार उनलाई घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए । प्रहरीले अदालत पेश गरेकामा उनी जरिवाना बुझाएर रिहा भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी