आकस्मिकबाहेकका शल्यक्रिया रोक्न सरकारको निर्देशन

  • ख-
  • ख+

काठमाडौंः आकस्मिक बाहेकका शल्यक्रिया स्थगित गर्न सरकारले राजधानीका अस्पताललाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणका कारण बिरामी बढ्दै गएको भन्दै तत्कालका लागि अन्य प्रकृतिका शल्यक्रिया रोक्न निर्देशन दिइएको बताए ।


कोरोना संक्रमित बढ्दै गएको भन्दै उनले संक्रमित बिरामीलाई आकस्मिक उपचारका लागि आवश्यक परेका बेड तथा अन्य संरचना उपलब्ध गराउनका लागि पनि तत्काल यस्तो निर्देशन दिइएको बताए ।


‘संक्रमितको उपचारमा बेड, भन्टिलेटर अभाव नहोस् भनेर यस्तो निर्देशन गरेका हौं,’ उनले भने,’ उनले भने,‘यसले संक्रमितको उपचारमा सघाउ पुग्नेछ ।’


काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय पनि सरकारले गरेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्