नेपालमा बढ्दो संक्रमण दरः २४ घण्टामा ४०४७ थपिए

  • ख-
  • ख+

काठमाडौं : नेपालमा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आईतबार केही गिरावट देखिए पनि नेपालमा सोमबार फेरि कोरोना संक्रमणको दर उकालो लागेको छ । आईतबारको तुलनामा सोमबार झण्डै दोब्बरमा नयाँ संक्रमण देखियो ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४०४७  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। संक्रमितमध्ये ७७ हजार २७७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६४५ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर १४७३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्