मादीको माछा जोगाउन तनहुँ हाइड्रोको सक्रियता

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः तनहुँ जलविद्युत आयोजनाले मादी नदीको माछा जोगाउनका लागि योजना थालेको छ । नदीमा माछाको संरक्षणसँगै परापूर्वकालदेखी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका बोटो समुदायको जीवनयापनका लागि समेत सघाउने उद्देश्यले योजना थालिएको आयोजनाका सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए ।


व्यास नगरपालिकाको दुम्सीदेखी सेती नदी मिसिने क्षेत्रसम्म पनि माछा पाइने र त्यसैमा आधारित रहेर बोटे समुदायले परम्परागत पेशा अपनाए पनि आयोजनाका लागि बन्ने बाँधले पानीको बहाव घटाएर माछाको संख्या नै घटाउने देखिए पछि मादी नदीमा माछा जोगाउन लागिएको हो ।


हाल ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने १४० मि.को अग्लो बाँधका बन्दैछ ।


नदीमा पाइने रैथाने असला र शहर प्रजातिका माछाको जीवन जोखिममा पर्ने देखिएको भन्दै आयोजनाको सञ्चालक कम्पनी तनहुँ हाइड्रोले जोगाउनका लागि माछा संरक्षण समन्वय समिति गठन गरेर संरक्षण थाल्ने भएको छ ।


समितिका संयोजक एवम् व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षमा मंगलबार बसेको बैठकले असारदेखि भदौ महिनासम्म माछाको प्रजनन् समय हुने हुँदा उक्त अवधिभर मादी नदीमा माछा मार्न प्रतिबन्ध लगाउन अनुरोध गर्ने निर्णय गरेको छ ।
व्यास नगरपालिका ३, ४, ५,६, ७ तथा १० नम्बर वडा, मध्य नेपालका ४, ५, ६, ७ तथा ८ नम्बर वडा, रुपा गाउँपालिका १, ३ तथा ७ नम्बर वडा र मादी गाउँपालिका ४, ५, ९, १०, ११ तथा १२ नम्बर वडालाई प्रभावित क्षेत्रमा मान्ने निर्णयसमेत बैठकले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी