रोटर्याक्ट दमौलीको आगामी अध्यक्षमा रबि अधिकारी

दमौली न्युज
  • ख-
  • ख+

दमौली रोटर्याक्ट क्लब अफ दमौलीले आगामी वर्षको अध्यक्षमा रबि अधिकारीलाई चयन गरेको छ । शनिवार व्यास १२ छाब्दीमा सम्पन्न क्लबको ४५५ औँ नियमित बैठकले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

बिगत ८ वर्ष देखि क्लबको विभिन्न पदमा क्रियाशिल अधिकारीले रोटर्याक्ट वर्ष २०२४÷०२५मा नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । रोटा वर्ष २०१६÷०१७मा सदस्य पदबाट रोटर्याक्ट यात्रा थालेका उनले यसअघि कोषाध्यक्ष, क्लब सर्भिस डिरेक्सर, डिरेक्सर चियर, साप कोर्डिनेटर हुदै उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।

साथै उनी रोटर्याक्ट डिष्टिकले आयोजना गर्ने धेरै कार्यक्रममा सहभागी भइसकेका छन् भने क्लबले आयोजना गर्ने धेरै कार्यक्रमको संयोजकको भूमिका पनि निर्वाह गरेका छन् । उनले रोट¥याक्ट दमौलीको विद्यमान गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । सबैसँग सहकार्य र समन्वय गरि आफ्नो कार्यकाललाई रचनात्मक बनाउन पहल गर्ने उनले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी