अबैध लागू औषध सहित दुई जना पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका वडा नं. १३ छाब्दी दोभान स्थित बुद्ध सिं मार्गबाट अबैध लागू औषध सहित दुई जना पक्राउ परेका छन् । व्यास नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३२ को बुद्धिमान गुरुङ र पछाडी सवार जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. २ भेटघाटचोक बस्ने बर्ष ३४ की सहिदा भन्ने सना खानलाई प्रहरीले पक्राउ गरेको हो ।

बेलबास बाट दमौली आउने क्रममा बुद्धिमान गुरुङले चलाई ल्याउदै गरेको ग २२ प ५८३६ नं. को स्कुटर तत्काल नियन्त्रणमा लिई निजहरुको शरिर तथा स्कुटर तलासी लिँदा निजहरुको शरिर तथा स्कुटरको डिक्की भित्र समेत अबैध रुपमा लुकाएको लागु औषध Daizepam सिसी ३८ एम्पुल, Buprenorphin सिसी ३५ एम्पुल र Promethazine Hydrochloride को सिसी ३९ एम्पुल गरी जम्मा ११२ एम्पुल फेला पारीएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

नायव उपरीक्षक खाँणका अनुसार निजहरु बिरुद्द लागु औषध मुद्दामा सम्मानित तनहुँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भई रहेको पनि उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी