चुँदी खोलामा माछा मार्न गएका ९ पक्राउ

  • ख-
  • ख+

बन्दीपुर: माछा मार्न गएका ९ जनालाई डुम्रे प्रहरीले पक्रेको छ ।बन्दिपुर गाउँपालिका वडा नं. ४ सानोडुम्रे स्थित चुँदीखोलामा माछा मार्दै गरेका ९ जना पक्राऊ परेका छन् ।

करेन्ट लगाई माछा मारिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले भानु १ कल्याणटारका ती युवा पक्रेको हो ।

मेशिन तथा टाँगा सहित जलचर ऐन २०१७ अन्तर्गत जनही ५ हजार रुपैयाँ जरिवाना तिरेर ती सबै रिहा भएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी