
दमौलीः तनहुँमा हालसम्म पाँच सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै जाँदा जिल्लामा संक्रमितको संख्या पनि उकालो लागिरहेको छ ।
कुल नौ हजार तीन सय ५ जनाको परीक्षण हुँदा संक्रमित भेटिएका मध्ये एक सय ४९ जना आइसोलेसनमा छन् । ४ सय १० जना निको हुँदा पाँच जनाको ज्यान गएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको छ ।
संक्रमितको तथ्यांकले व्यासमा सर्वाधिक बढी र आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा कम संक्रमण देखाएको छ । आँबुकै हाराहारीका तह पनि छन् । हेरौं स्वास्थ्य कार्यालय तनहुँले उपलब्ध गराएको विवरण ।