देवघाटको त्रिशुली र कालीगण्डकी नदीको संगम स्थलमा डुबेर एक पुरुष बेपत्ता

दमौली न्युज
  • ख-
  • ख+

दमौली : देवघाटको बेणी संगम स्थलमा डुबेर एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चितवन जिल्ला भरतपुर महानगरपालिका–७ का ५७ बर्षीय कृष्णपुर बस्ने रुद्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


देवघाट गाउँपालिका–५ स्थित बेणि त्रिशुली र कालीगण्डकी नदीको संगमस्थलमा डुबेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । उनको खोजतलास भईरहेको र हालसम्म फेला नपरेको पनि प्रहरीले जनाएको छ ।

पुरुष नुहाउने क्रममा बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको उनले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी