दमौली : श्री शिव पाञ्चायन माध्यमिक विद्यालयमा अध्यनरत कक्षा १० का विद्यार्थीहरूको आयोजनामा खुल्ला नृत्य प्रतियोगिता एवम् देउसी–भैलो कार्यक्रम गरीएको छ । स्कुलमा तिहारको अवसर पारी नृत्य प्रतियोगिता सहित देउसी-भैलो कार्यक्रम गरीएको हो ।
देउसी-भैलो कार्यक्रमबाट ४७ हजार १० रुपैयाँ सहयोग रकम संकलन भएको जनाईएको छ, कार्यक्रममा सहभागी दानवीर तथा सहयोगी मनहरूबाट उक्त रकम संकलन भएको थियो। कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्ने सम्पूर्ण दानवीर, अभिभावक, शुभेच्छुक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबै प्रति प्रधानाध्यापक भरत काफ्लेले हार्दिक आभार व्यक्त गरे ।
त्यस्तै स-प्रधानाध्यापक हेमलाल घिमिरेले सहयोगीहरूको उदारता, सद्भाव र सहयोगले शैक्षिक तथा सांस्कृतिक यात्रामा आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा गर्दै विद्यालय परिवारको तर्फबाट र आफ्नो तर्फबाट स- सम्पूर्ण सहयोगी हातहरूप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरे ।
















