राप्रपा तनहुँमा पुनः घर्ती

  • ख-
  • ख+

राप्रपा र राप्रपा संयुक्तको समायोजन
दमौली: राप्रपा र राप्रपा संयुक्तबीच तनहुँमा समायोजन भएको छ । दुई पार्टीबीच केन्द्रमा एकीकरण भएपश्चात आईतबार दुई पार्टीले एक कार्यक्रम गरी समायोजनको घोषणा गरेका हुन् ।

समायोजनका क्रममा पार्टी जिल्ला अध्यक्षमा पुनः राप्रपा तनहुँका अध्यक्ष विनोद घर्ती नै अध्यक्ष चयन भएका छन् । उनी यस अघि राप्रपा तनहुँका अध्यक्ष थिए ।

राप्रपा संयुक्तका जिल्ला अध्यक्ष रेशमलाल श्रेष्ठलाई मानार्थ जिल्ला अध्यक्ष चयन गरिएको छ । ३७ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो ।

पार्टीका वरिष्ठ उपाध्यक्षमा मेजर सोमबहादुर गुरुङ, उपाध्यक्ष विजयकुमार शाही, सीता थापा र गिरिराज परियार तथा सचिव हितमान कायस्थ र दुर्गा पन्थ चयन भएका छन् ।

पार्टी केन्द्रीयं कार्य सम्पादन समिति सदस्य दुर्गादेवी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले राजासहितको प्रजातन्त्रको एजेण्डा लिएर जान पार्टी एकिकरणले मद्दत पुगेको बताइन् ।

केन्द्रीय सदस्यद्वय राजेन्द्र अधिकारी र गौमाया श्रेष्ठलगायतले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई उदय गराउने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी