
घिरिङ : तनहुँमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घिरिङ गाउँपालिका वडा नं. ३ ग्याजा निवासी ६८ बर्षीय पदम बहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
सोही वडाको ग्याजा पैरेनी भीरबाट खस्दा निजको घट्नास्थमै मृत्यु भएको तनहुँ प्रहरी उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि उनले बताए ।