
देव गजमेर
दमौली : दमौलीमा वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाजले सामाजिक समानता र सद्भाव कायम गर्नको लागि जनै पूर्णिमाको दिन विहिबार व्यास नगरपालिका–३ स्थित अनशन चौतरी, दमौलीमा सामुहिक रक्षा बन्धन गरिएको छ ।

हिन्दुधर्मको संरक्षण एवं प्रवद्र्धनको लागि मात्र नभई दलित समुदायले पनि बेद पुराण, कर्मकाण्ड गर्न सक्ने र रक्षाबन्धनको दिन यसरी सामुहिक रुपमा आफ्नै समुदायको हात बाट रक्षा बन्धन बाँध्न पाउँदा दलित समुदाय निकै नै खुसी पनि देखिएका थिए ।
युवा पण्डित विश्व कुमार बुढा परियारले सामूहिक रुपमा सबैलाई (रक्षा बन्धन ) रक्षा सुत्र बाँधि दिएका हुन् । उनले दलित समाजसेवि विनोद कुमार वि.क. पत्रकारद्धाय पुर्ण विके, देव गजमेर लगाएतलाई रक्षा सुत्र बाँधि दिएका थिए । सामूहिक रुपमा बाँधिएको (रक्षा बन्धन ) रक्षा सुत्रले दलितलाई मात्र नभई सवै जातिलाई एकै ठाउँमा बाँध्ने काम गरेको पनि युवा पण्डित बुढा परियारले बताए ।