नाबालिका बलात्कारको आरोप लागेका प्रधानाध्यापक थापा पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नाबालिका जबर्जस्ती करणीको आरोप लागेका झुल बहादुर थापा पक्राउ परेका छन् । ऋषिङ गाउँपालिका–७ अर्खलाछापमा रहेको ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई दमौली बजारबाट पक्राउ गरिएको हो ।

सोहि वडा कै अमर आधारभुत विद्यालयमा अध्ययनरत १२ बर्षीय छात्रालाई बलात्कार गरेको आरोप लागे पछि प्रधानाध्यापक थापा फरार रहदै आएका थिए । घरमा कोही पनि नभएको मौका छोपी नाबालिकालाई प्रधानाध्यापक थापाले बलात्कार गरेको भनि पीडित परिवारले प्रहरी समक्ष प्रधानाध्यापक थापा बिरुद्व जाहेरी दर्ता गराइसकेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।


आरोपीत प्रकाउ परे संगै अनुसन्धानको प्रक्रिया सहित म्याद थपको तयारी भैरहेको पनि प्रहरी उपरीक्षक बिष्ट क्षेत्रीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्