सुनचाँदी व्यवसायी संघद्धारा प्रहरी निरिक्षक वि.क.लाई विदाई

दमौली न्युज
  • ख-
  • ख+

देव गजमरे
दमौलीः
तनहुँबाट सरुवा भएर जान लागेका प्रहरी निरिक्षक राज कुमार वि.क. लाई तनहुँ सुनचाँदी व्यवासयी संघले औपचारिक कार्यक्रम गरेर विदाई गरेको छ । वि.कको बाग्लुङको बुर्तिवाङ सरुवा भएको हो ।

१६ महिना जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रहरी निरिक्षक भएर जिम्मेवारी पुरा गरेका वि.कलार्ई संघले बिहीवार आफ्नै संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको तनहुँ सुनचाँदी व्यवसायी संघका सचिव पदम सुनारले बताए ।

तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष विनोद कुमार वि.कको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवासयी महासंघका सचिव एवम् तनहुँ सुनचाँदी व्यवसयी संघका सल्लाकार केश बहादुर सुनार रहेका थिए ।कार्यक्रममा वोल्दै विदाइ भएर जान लागेका वि.कले आफ्नो कर्तव्य राम्रो संग निर्वाह गरेको बताए । जिल्लामा रहदा सबैको सहयोगले नै सहज रुपमा काम गर्न सकिएको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य एवम पुर्व अध्यक्ष तेज बहादुर वि.क. नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य एवम् तनहुँ सुनचाँदी व्यवासायी संघका निवर्तमान अध्यक्ष कृष्ण सुनार लगायतले मनतव्य राखेका थिए । तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष विनोद कुमार वि.कको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको समापन संघका सल्लाहकार डम्बर बरालीको थियो भने कार्यक्रमको सहजिकरण संघका सचिव पदम सुनारले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी