‘व्यासमा संक्रमण नियन्त्रणमा ल्याउँछौं’

  • ख-
  • ख+

तनहुँमै उच्च दरको कोरोना संक्रमण हुनेमा व्यास अगाडि
दमौलीः पछिल्ला दिनमा लगातार संक्रमण दर बढिरहँदा व्यास नगरपालिकामा दुई दिनमा थप एक सय १६ जनाको स्वाब संकलन गरिएको छ ।

भिडभाडयुक्त क्षेत्रमा काम गर्ने कर्मचारी, थुनुवा तथा समुदायका केही व्यक्तिमा समेत संक्रमण भेटिएपछि व्यासमा जोखिम बढिरहँदा नगरपालिकाको स्वास्थ्य शाखाले भने कोरोना संक्रमण दर नियन्त्रणबाहिर आउन नदिन काम गरिरहेको दाबी गरेको छ ।

‘हामीले बढी जोखिम भएका क्षेत्रका ३३ जना संक्रमितलाई एकै दिनमा आईसोलेट ग¥यौं,’ शाखा प्रमुख प्रमोद सोतीले भने,‘दुई दिनमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण तीव्र पारिएकाले बाहिर आशंका गरिएजस्तो धेरै फैलने दरलाई नियन्त्रणमा लिने प्रयास गरेका छौं ।’

नगरपालिकामा हालसम्म जिल्लामै सर्वाधिक एक सय ४२ जनामा संक्रमण देखिएकामा शनिबार ७३ र आईतबार ४३ जनाको स्वाब संकलन गरेर होम आइसोलेसनमा पठाइएको छ । आईतबार एक जनामा मात्र संक्रमण देखिए पनि शनिबार र आईतबार संकलित एक सय १६ को नतिजा आउन बाँकी रहँदा थप संक्रमित भेटिने जोखिम कायमै छ ।

तर स्वास्थ्य अधिकारीहरुले समयमै कन्ट्याक्ट ट्रेसिङ गरिएकाले थप जोखिम कम गरिएको दाबी गरेका छन् । ‘हामीले संक्रमण फैलन नदिन दिनरात खटेका छौं,’ सोतीले भने,‘केही दिनमा नतिजा देखिन्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्