
काठमाडौंः कोरोनाका कारण पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ज्यान गुमाउनेमा उपत्यकाका मात्र ८ जना छन् ।
पछिल्लो समय संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढिरहँदा यो पछिल्लो आंकडा आएको हो ।
नेपालमा पछिल्लो २४ घन्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१२ हजार चार सय २७ जनाको पीसीआर परीक्षण गर्दा थप २०७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसहित देशभर हालसम्म कोरोना संक्रमितको संख्या एक लाख सात हजार सात सय ५५ पुगेको छ।
त्यस्तै, आइतबार कोरोनालाइृ जितेर १५ सय ५२ जना डिस्चार्ज भएका छन्। योसहित नेपालका कोरोनामुक्त हुनेको संख्या ७५ हजार आठ सय चार पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित निको हुने दर ७० दशमलव ३ प्रतिशत रहेको बताए ।
हाल सक्रिय संक्रमित भने ३१ हजार तीन सय १५ पुगेको मन्त्रालयले जनाएको छ।