बन्दीपुरमा सर्वसम्मत गर्ने कांग्रेसको निर्णय

  • ख-
  • ख+

दमौलीः आसन्न पार्टी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा बन्दीपुर कांग्रेस नेताहरु सहमत भएका छन् । हालै बसेको पार्टीको बैठकमा आसन्न गाउँ, क्षेत्र तथा जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व पठाउने विषयमा छलफल भएको सचिव बैस गुरुङले बताए ।

‘नेताहरुबीचको खिचातानीले पार्टी कमजोर भएकाले जिल्लामा पनि मिल्नका लागि सन्देश दिन गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय ग¥यौं,’ उनले भने ।

पार्टी गाउँ सभापति कर्णबहादुर खत्रीको सभापतित्वमा बसेको बैठकमा पार्टीका विभिन्न गुटका नेताहरु एकै ठाउँमा भेला भएका थिए । गाउँपालिकास्तरका नेताहरुको उपस्थिती रहेको बैठकमा पार्टीलाई गाउँपालिकामा बलियो बनाउनका लागि आपसी विवाद त्याग्ने विषयमा छलफल भएको गुरुङले बताए ।

बैठकले सर्वसम्मत रुपमा वडा, पालिका तथा प्रदेश र महाधिवेशन प्रतिनिधि चयन गर्ने अधिकतम प्रयास गर्ने निर्णय पुस्तिकामै लेखेको छ ।

सभापति खत्रीले बैठकमा अधिकतम सहमति गरेर गाउँपालिकाबाट चयन हुने सबै पदाधिकारी तथा प्रतिनिधि चयन गरिने बताए ।

बन्दीपुरमा विभिन्न गुटमा नेताहरु विभाजित हुँदा त्यसले गाउँपालिका र समग्र जिल्लाको नेतृत्व लिनका लागि पनि नकारात्मक असर पर्ने भएकाले आफूले शुरुदेखि नै सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव राखेर नेताहरुलाई सहमत बनाउने अभियानमा जुटेको पार्टी जिल्ला कोषाध्यक्ष रेशम गुरुङले बताए । ‘यसले जिल्लामा पनि मिलेको सन्देश दिने र गाउँपालिकामा पनि भावी दिनमा संगठनको एकता बढाउन मद्दत पुग्नेछ,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी