तमु प्ये ल्हु संघको कार्यालय स्थापना

  • ख-
  • ख+

दमौली: तमु प्ये ल्हु संघ जिल्ला कार्य समितिको कार्यालय स्थापना गरिएको छ ।

व्यास नगर तमु सुधार समाजले उपलब्ध गराएको कोठामा स्थापित कार्यालयको संघका केन्द्रीय अध्यक्ष हितकाजी टु गुरुङले उद्घाटन गरे । कार्यक्रममा उनले प्ये ल्हु संघका जिल्ला अध्यक्ष जसबहादुर गुरुङलाई कोठाको चाबी पनि हस्तान्तरण गरे ।

उनले आफ्नै कार्यालय स्थापना भएकोमा जिल्ला समितिलाई बधाई दिंदै अब गतिविधि अघि बढाउन सहजता हुने अपेक्षा गरे ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय महासचिव हर्कबहादुर गुरुङ, आदिवासी जनजाति महासंघ व्यास नगर समितिका अध्यक्ष लेप्टेन देवबहादुर गुरुङ, व्यास नगर तमु सुधार समाजका कोषाध्यक्ष गिरबहादुर गुरुङ, संघका सल्लाहकार केशरबहादुर गुरुङलगायतले संघका गतिविधि अघि बढाउन कार्यालयले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

संस्थाका अध्यक्ष जसबहादुर गुरुङले भवनबाट आफ्ना लागि निःशुल्क कोठाा दिएकोमा समाजप्रति आभार प्रकट गरे । संघका कोषाध्यक्ष पञ्चबहादुर गुरुङले यस अघि आफ्नो कार्यालय नै नहुँदा परेको समस्या अब हट्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी