बाग्लुङ : बागलुङमा ३० जना नेपाली सेनाका जवान सहित ३६ जनामाा कोरोना संक्रमण भेटिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बागलुङका नेपाली सेनाका २९ जना पुरुष तथा १ महिला जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । यसै गरि आइतबार स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत २ जवान र जिल्ला कारागार बागलुङमा रहेका १ पुरुष र १ महिला थुनुवा मा समेत संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।