पर्यटनमन्त्री भट्टराईमा कोरोना संक्रमण

  • ख-
  • ख+

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ। भट्टराईले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्रासमेत क्लोज कन्ट्याक्टमा परेका छन्। हिजो (शुक्रबार) मात्रै मन्त्री भट्टराई र राजदूत क्वात्राबीच भेट भएको थियो। पर्यटन मन्त्रालयलमा भएको भेटमा उनीहरुबीच दुई देशको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा छलफल भएको थियो। 

शुक्रबार दिउँसो राजदूत क्वात्रासँग मन्त्रालयमै भेटेका मन्त्री भट्टराईलाई  साँझ ज्वरो आएपछि आज कोरोना परीक्षण गरिएको थियो। कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि  उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन भनेका छन्। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी