
दमौली: तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडामा बोरामा पोको पारेको अवस्थामा महिलाको शव फेला परेको छ । महिलाको शव दुर्गन्ध अवस्थामा फेला परेको तनहुँका एसपी अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।
बाटो हिड्नेले दुर्गन्ध आएको थाहा पाए पछि प्रहरीलाई खवर गरेका थिए। घट्नास्थलमा पुगेको प्रहरी टोलीले घट्नास्थलको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।