
रोटरी इन्टरनेशनलद्वारा नगरपालिकालाई उपकरण हस्तान्तरण
दमौलीः अब व्यास नगरपालिकामै आपतकालिन अवस्थामा पीसीआर परीक्षण गर्न सकिने भएको छ । रोटरी इन्टरनेशनलले व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई तत्काल परीक्षण गर्न मिल्ने पोर्टेबल पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।
पोखरामा शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मेशिन हस्तान्तरण गरे । पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशको व्यास नगरपालिकालाई मात्र यस्तो उपकरण हस्तान्तरण गरिएको थियो ।
मेशिन लिन व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठ पनि नगर प्रमुखसँगै पुगेका थिए ।
व्यास नगरपालिकाले मेशिनले आफैं परीक्षण गर्ने वा दमौली अस्पतालमार्फत गर्ने भन्ने निर्णय गर्न बाँकी छ । नगरपालिकाका प्रवक्ता श्रेष्ठले मेशिनले तीन घण्टामा आठ जनाको नतिजा दिने र आपतकालिन अवस्थामा यो उपयोगमा ल्याउन सकिने बताए ।
नगरपालिकाका प्रवक्ता श्रेष्ठले मेशिनले तीन घण्टामा आठ जनाको नतिजा दिने र आपतकालिन अवस्थामा यो उपयोगमा ल्याउन सकिने बताए । तर नगरपालिकाले यसलाई कसरी प्रयोग गर्ने भन्ने केही दिनमा तय गर्ने उनले बताए ।
तर नगरपालिकाले यसलाई कसरी प्रयोग गर्ने भन्ने केही दिनमा तय गर्ने उनले बताए । ‘पछि भविष्यमा अरु प्रयोगका लागि पनि उपयोग हुने भएकाले आफैं प्रयोगशाला बनाउने कि अस्पताललाई दिने हामी निर्णय गर्छौं,’ उनले भने ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले नगरपालिकासँग आवश्यक स्वास्थ्य जनशक्तिबाट पनि प्रयोगशाला सञ्चालन गर्न सकिने बताए । मेशिनले आपतकालिन अवस्थामा नतिजा दिने भएकाले तत्काल गम्भीर प्रकृतिका बिरामी आदिको परीक्षणका लागि यो उपयोगी हुने उनले बताए ।