व्यासमा फेरि होला लक डाउन ?

  • ख-
  • ख+

व्यास नगरपालिका पर्ख र हेर को रणनीतिमा
दमौलीः व्यास नगरपालिकामा संक्रमण दर बढ्दै जाँदा फेरि लक डाउन होला कि नहोला भन्ने जिज्ञासा बढेको छ ।

व्यासमा ७१ जना सक्रिय संक्रमित रहँदा एक सय जनाको रिपोर्ट आउन बाँकी देखिएको छ । सक्रिय संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका बैंकर, प्रहरी, कर्मचारी, व्यवसायी तथा समुदायका व्यक्तिको नतिजा आउन बाँकी रहेकाले आईतबार यो दर बढ्ने सम्भावना पनि उच्च छ ।

विगतमा भिडभाडयुक्त ठाउँमा रहेका संक्रमितका सहकर्मीमा देखिएको उच्च संक्रमण दरले अरुमा पनि संक्रमण नदेखिएला भन्न सकिने सम्भावना कम छ । यसर्थ आईतबार कस्तो नतिजा आउला धेरैको प्रतिक्षाको विषय बन्न पुगेको छ ।

दशैंको मुखैमा लक डाउन लगाउँदा व्यवसायी विरोधमा उत्रने हुन् कि भन्ने विषयले नगरपालिकालाई पिरोलेको छ । विगतमा पनि बजार खुल्ने समयमा संकुचन ल्याउँदा नगरपालिकाले दबाबको सामना गर्नुपरेको थियो । त्यसैले उनी व्यवसायी नचिढिइकन समाधान खोज्ने पक्षमा छन् ।

लक डाउन होला कि नहोला ?ः पर्ख र हेरको नीतिमा नगरपालिका

संक्रमण दर धेरै बढ्न थाले पछि नगरपालिका सामु लक डाउन गर्ने कि यत्तिकै सतर्कता बढाउने दुई विकल्प छ । नगरपालिका अहिले पर्ख र हेरको अवस्थामा छ । छिमेकका तहमा संक्रमण बढ्दा लक डाउन हुने गरेका छन् । तर व्यासले एक पटक अभ्यास गरेयता लक डाउनको अवस्थामा फेरि गएको छैन ।

व्यापारीको विरोधको डर
नगर प्रमुख बैकुण्ठ न्यौपाने आईतबारसम्मको अवस्था कुर्ने र त्यसपछि आवश्यक रणनीति लिने पक्षमा छन् । ‘अवस्था कस्तो हुन्छ विश्लेषण गरेर आवश्यक कदम चाल्छौं,’ उनले दमौली न्यूजसँग भने ।

दशैंको मुखैमा लक डाउन लगाउँदा व्यवसायी विरोधमा उत्रने हुन् कि भन्ने विषयले नगरपालिकालाई पिरोलेको छ । विगतमा पनि बजार खुल्ने समयमा संकुचन ल्याउँदा नगरपालिकाले दबाबको सामना गर्नुपरेको थियो । त्यसैले उनी व्यवसायी नचिढिइकन समाधान खोज्ने पक्षमा छन् ।

एक पक्ष अहिलेको अवस्था भयावह हुन नदिन कडाई गर्नुपर्ने पक्षमा छ भने अर्कोतर्फ व्यवसाय क्षेत्रको मुख्य समयमा बन्द हुँदा पर्ने प्रभावका बारेमा व्यवसाय जगत पनि चिन्तित भएको छ ।
यस्तोमा कुन विकल्प लिने भन्ने चुनौती नगरपालिका सामु छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल नगर प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल आईतबार छलफल हुने तयारी गरिएको बताउँछन् । ‘आईतबार यस विषयमा आवश्यक छलफल गरेर रणनीति तय गरिनेछ,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी