
बिकास खनाल
दमौली : पर्यटन तथा उद्योग कार्यालय तनहुँको आयोजनामा सोमबार दमौली बजार क्षेत्रका होटल तथा सपिङ्ग सेन्टरमा अनुगमन गरिएको छ । दमौली बजारका होटल , सपिङ्ग सेन्टर र रक्सि डिलर गरि १४ वटा पसलमा अनुगमन गरिएको पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख अबिनाश कुवँरले बताए । अनुगमनका क्रममा करिब ४० लिटर घरेलुु मदिरा नस्ट गरिएको प्रमुख कुंवरले जानकारी दिए ।
यस सँगै म्याद गुज्रिएको बर्डबाइजर बियर २ कार्टुन , काल्सबर्ग बियर , बार्हसिंङ्गे बियर, लेज ‘कुरकुरे,माउन्टेन डिउ, कोक,फेन्टा,फ्रुटो,जेरिमा हाल्ने चेरी लगायतका सामान जफत गरिएको छ । अनुगमनका क्रममा भरत मिष्ठान्न भण्डारमा पटक–पटक पकाइएको गुणस्तरहिन तेल भेटिएकोले नस्ट गरिएको छ । यस्तै केही पसल दर्ता नगरी सञ्चालन गरेको पाइएकोले १ हप्ता भित्र दर्ता गर्न आउन भनिएको प्रमुख कुँवरले बताए ।
अनुगमनका क्रममा दमौलीका अधिकाँश होटलहरुमा सफा–सुग्घरमा कमि देखिएको छ । फ्रिजमा राख्ने समान अस्तव्यस्त र भद्रगोल राखेको ठाउँमा तुरुन्तै सुधार गर्न भनिएको छ । पहिलाको तुलनामा व्यवसायीहरुमा दर्ता गरी व्यवसाय गर्ने सचेतना आए पनि अझै केही व्यवसायीले बेवास्ता गर्ने गरेको भेटिएकाले एक हप्ता भित्रमा आउन भनिएको हो कुंवरले भने । यस अगाडि अनुगमनका क्रममा सरसफाइ लगायतका बिषयमा कमजोर देखिएको भिन्तुना मःम रेष्टुरेन्टले भने सरसफाइमा बिशेश ध्यान दिएको अनुगमनका क्रममा देखिएको थियो ।
जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,व्यास नगर प्रहरी, पर्यटन तथा उद्योग कार्यालय ,पत्रकार महासंघ लगायतको संयुक्त टोलिले दमौली बजारका होटल तथा सपिङ्ग सेन्टर र रक्सि पसलहरुको अनुगमन गरेको हो । अनुगमनलाई निरन्तरता दिइने घरेलुु कार्यलय तनहुँले जनाएको छ ।